काठमाडौं। यतिबेला देशभर मनसुनी वायुको प्रभाव छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशभर साधारणतया बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर बादल छाउनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्र र सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर बादल नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा, मधेश प्रदेश, कर्णालीका पहाडी भूभाग र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। रातिका लागि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
