काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा तोकिएको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, एक युके पाउण्ड स्ट्रलिङको खरिददर २०७ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, एक स्वीस फ्रयाङ्कको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा तथा एक अष्ट्रेलियन डलरको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर १०९ रुपियाँ ३४ पैसा र बिक्रीदर १०९ रुपियाँ ७६ पैसा, एक सिङ्गापुर डलरको खरिददर ११९ रुपियाँ १५ पैसा र बिक्रीदर ११९ रुपियाँ ६१ पैसा, १० जापानी येनको खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, एक चिनियाँ युआनको खरिददर २२ रुपियाँ ७१ पैसा र बिक्रीदर २२ रुपियाँ ८० पैसा, एक साउदी अरेबियन रियालको खरिददर ४० रुपियाँ ९३ पैसा र बिक्रीदर ४१ रुपियाँ ०९ पैसा तथा एक कतारी रियालको खरिददर ४२ रुपियाँ १६ पैसा र बिक्रीदर ४२ रुपियाँ ३२ पैसा तोकिएको छ ।
