नेपाल तरुण दलले ४४औँ बीपी स्मृति दिवस तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बुधबार काठमाडौंमा भव्य मोटरसाइकल र्याली निकालेको छ।
त्रिचन्द्र क्याम्पस अगाडिबाट सुरु भएको उक्त र्यालीमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। र्याली काठमाडौंका विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको थियो।
(तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक)
