अर्थ

काठमाडौं: आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

By अर्जुन भट्टराई •

काठमाडौं: आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

**तरकारीको मूल्य**

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५४ रुपैयाँ तोकिएको छ ।

गाँजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, तीते करेला प्रतिकिलो ४० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ४० रुपैयाँ र घिरौला प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, भिण्डी प्रतिकिलो ६० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ ।

रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो प्रतिकिलो १०० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो ३०० रुपैयाँ र न्युरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

**फलफूलको मूल्य**

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली प्रतिकिलो २०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो १६० रुपैयाँ, अनार प्रतिकिलो ४५० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १६० रुपैयाँ र आँप (दसहरी) प्रतिकिलो १६० रुपैयाँ तोकिएको छ ।

भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ र मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.