ललितपुर । ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सशक्त सन्देश प्रस्तुत गरियो ।
कांग्रेस सभापति गगन थापाको उपस्थितिमा आयोजित कार्यक्रममा सहभागी कलाकारहरूले आफ्ना तुलिकाका माध्यमबाट जलवायु परिवर्तनका नकारात्मक असर, प्रकृति संरक्षणको महत्त्व र हरित भविष्यको आवश्यकतालाई चित्रमा जीवन्त रूपमा उतारे ।
(सक्षम घिमिरे/नेपाल न्यूज बैंक)
