सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ मा पर्ने भोटेचौर बजार आफ्नै किसिमको प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यहाँबाट सिन्धुपाल्चोकका विभिन्न गाउँ–ठाउँ, रमणीय बस्ती र हरियालीले लदेका मनोरम दृश्यहरू स्पष्ट देख्न सकिन्छ।
राजधानी काठमाडौँको नजिकै रहेको यो क्षेत्र शान्त वातावरण, आकर्षक दृश्यावलोकन र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ। प्रकृतिप्रेमी तथा घुमफिर गर्न रुचाउनेहरूका लागि भोटेचौर एक आदर्श स्थान बन्दै आएको छ।
(तस्बिरहरू: नेपाल न्यूज बैंक)
