अर्थ

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

By अर्जुन भट्टराई •

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका किसानहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले यो मल ल्याइएको हो।

मन्त्रालयका अनुसार, हाल भारततर्फ निरन्तर भइरहेको वर्षाका कारण मालवाहक रेल सञ्चालनमा केही असर परेको छ। यसै कारण हिजो नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि मात्र आइपुग्ने जानकारी प्राप्त भएको छ। साथै, २,५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, युरिया मलको आपूर्ति थप तीव्र बनाउन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन र भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत लोड गरी पठाइसकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ र आवश्यकताअनुसार देशभर वितरण गरिनेछ। किसानहरूलाई चाहिने रासायनिक मलको आपूर्ति र वितरण निरन्तर जारी रहने मन्त्रालयले बताएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.