मनोरंजन

चीनको हुनानमा ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ सम्पन्न, ६ नेपाली चलचित्रले पाए अवार्ड

By अर्जुन भट्टराई •

चीनको हुनानमा ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ सम्पन्न, ६ नेपाली चलचित्रले पाए अवार्ड

काठमाडौं । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनको हुनान प्रान्तमा ‘२०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ भव्य रूपमा सम्पन्न भएको छ। यस महोत्सवमा प्रदर्शन भएका ६ वटा नेपाली चलचित्रलाई अवार्ड र सम्मान प्रदान गरिएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘एन्जिला’, ‘तेल भिसा’ र ‘होस्टेल ३’ — यी छ वटा चलचित्रलाई पुरस्कृत गरियो। महोत्सवको मूल नारा थियो — ‘उज्यालो र छायाँ मिल्छन्, पहाडहरू एकसाथ चम्कन्छन्’।

अप्रिल १४ देखि १९ सम्म सञ्चालन भएको यो महोत्सव चीनमा नेपाली चलचित्रहरूको पहिलो ठूलो स्तरको आधिकारिक प्रदर्शनका रूपमा आयोजना गरिएको थियो। आयोजकका अनुसार यस महोत्सवले नेपाली चलचित्र उद्योगलाई चिनियाँ दर्शकमाझ चिनाउन मद्दत गरेको छ, साथै नेपालको हिमाली सौन्दर्य, संस्कृति र मानवीय कथालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.