समाचार

पशुपतिमा ऐतिहासिक गांगामाई जात्रा परम्परागत विधिअनुसार सम्पन्न

By अर्जुन भट्टराई •

पशुपतिमा ऐतिहासिक गांगामाई जात्रा परम्परागत विधिअनुसार सम्पन्न

काठमाडौँ महानगरपालिका–८ अन्तर्गत पशुपति क्षेत्रमा ऐतिहासिक गांगामाई जात्रा परम्परागत विधिअनुसार मनाइएको छ।

यो प्राचीन जात्राको शुरुआत गुर्जुको पल्टनद्वारा सलामीसहित तोप पड्काएर विधिवत रूपमा गरिन्छ। दिवंगत पितृहरूको सम्झना गर्दै, उनीहरूको आत्माको शान्ति र मोक्षको कामना गर्दै यो जात्रा हरेक वर्ष मनाउने परम्परा चलिआएको छ।

नेवार समुदायको मौलिक संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको यस जात्रामा स्थानीय बासिन्दा, भक्तजन तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

(तस्बिर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.