समाचार

बिना बिदा ६० दिन अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई स्पष्टीकरण माग

By अर्जुन भट्टराई •

बिना बिदा ६० दिन अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई स्पष्टीकरण माग

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालय नआएका २३ जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आफ्नो सफाइ पेश गर्नुपर्ने छ।

मन्त्रालयले सूचनामा उल्लेख गरेअनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको पाइएकाले उक्त कर्मचारीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भनी जवाफ माग गरिएको हो।

यस कारबाही प्रक्रियाको दायरामा पर्ने कर्मचारीहरू कान्ति बाल अस्पताल महाराजगन्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत रहेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.