काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
तरकारीतर्फ हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ८ रुपैयाँ, आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
गाँजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ३० रुपैयाँ, परवर (लोकल) ४० रुपैयाँ र घिरौला ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागसब्जीतर्फ, रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ रहेको छ। च्याउतर्फ, कन्य च्याउ प्रतिकिलो २३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। कुरीलो प्रतिकिलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ हेर्दा, स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ, केरा मालभोग प्रतिदर्जन १८० रुपैयाँ, कागती १४० रुपैयाँ, अनार ४५० रुपैयाँ, आँप (मालदह) १४० रुपैयाँ, आँप (दसहरी) १५० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ तोकिएको छ। काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) २५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ र मेवा (भारतीय) १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
