अर्थ

आजको विदेशी मुद्रा विनिमय दर : डलर कति, युरो कति ?

By अर्जुन भट्टराई

आजको विदेशी मुद्रा विनिमय दर : डलर कति, युरो कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ६३ पैसा र बिक्री दर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ १५ पैसा र बिक्री दर १७५ रुपैयाँ ८३ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ ५६ पैसा र बिक्री दर २०६ रुपैयाँ ३७ पैसा छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ १९ पैसा र बिक्री दर १८९ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ८१ पैसा र बिक्री दर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०७ पैसा र बिक्री दर १०९ रुपैयाँ ५० पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ८५ पैसा र बिक्री दर ११९ रुपैयाँ ३२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४७ पैसा र बिक्री दर नौ रुपैयाँ ५१ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६६ पैसा र बिक्री दर २२ रुपैयाँ ७५ पैसा छ।

साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ९० पैसा र बिक्री दर ४१ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ १५ पैसा र बिक्री दर ४२ रुपैयाँ ३१ पैसा तोकिएको छ।

थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५८ पैसा र बिक्री दर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ०३ पैसा र बिक्री दर ४१ रुपैयाँ ९९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ६७ पैसा र बिक्री दर ३७ रुपैयाँ ८२ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.