काठमाडौं । गोलभेँडाको उचित मूल्य नपाएको भन्दै बुधबार माइतीघर मण्डलामा किसानहरूले सडकमै गोलभेँडा फालेर आफ्नो आक्रोश व्यक्त गरे।
विरोध प्रदर्शनमा सहभागी किसानहरूले ‘बिचौलियाको खेल अन्त्य गर’, ‘किसानलाई सही बजार व्यवस्थापन गर’, ‘गोलभेँडा तथा अन्य तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक’ र ‘कृषि बिमा लागू गर’ जस्ता नाराहरू लेखिएका पम्पलेट बोकेर प्रदर्शन गरे।
किसानहरूले बिचौलियाका कारण आफूहरूले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाइरहेको गुनासो गर्दै सरकारले किसानको हितमा ठोस कदम चाल्नुपर्ने माग राखेका छन्।
