काठमाडौं। आज मंगलबार विश्व युवा दक्षता दिवस मनाइँदैछ। युवाको सामाजिक–आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले यसलाई औपचारिक रूपमा स्वीकृत गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो। विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा सीपको अभाव र योग्यताअनुसार रोजगारी नपाउने समस्या सम्बोधन गर्नु नै यस दिवसको मूल उद्देश्य हो।\n\nठूलो युवा जनसंख्या भएको नेपालका लागि पनि सीप विकास अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ। डेढ दशकदेखि युवा अधिकार र सामाजिक मुद्दामा अभियान चलाउँदै आएका युवा अभियन्ता तथा नेपाल युवा परिषद्का संस्थापक सरोज वानियाँले भनेका छन् कि पछिल्लो राजनीतिक परिवर्तनपछि युवाहरूले रोजगारी, उद्यमशीलता र भविष्य निर्माणका विषयमा ठूलो अपेक्षा राखेका छन्।\n\nनेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘विशेषगरी जेन–जी आन्दोलनपछि नेपालमा एउटा राजनीतिक परिवर्तन भयो। त्यसपछि देश निर्वाचनमा गयो र नयाँ जनमत निर्माण भयो। अहिले नेपाली युवाहरूले हरेक दिनको रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा ठूलो अपेक्षा राखेका छन्।’\n\nउनका अनुसार युवाको मुख्य चाहना आफ्नै देशमा अवसर पाउनु हो। ‘युवाहरूले आफ्नै देश र यही भूमिमा सानो भए पनि उद्यम गर्न, पसिना र श्रम आफ्नै देशको विकासमा प्रयोग गर्न सकौं भन्ने चाहना राखेका छन्। साथै विश्वभर बढिरहेका प्रतिस्पर्धात्मक अवसरलाई नेपालबाटै उपयोग गर्न सक्ने वातावरण राज्यले बनाइदिनुपर्छ,’ उनले भने।\n\nवानियाँले देशको नेतृत्वमा युवाको उपस्थिति बढेकोमा खुसी व्यक्त गर्दै युवामैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरे। ‘अहिले देशको प्रधानमन्त्री नै ३६ वर्षको युवा हुनुहुन्छ। मन्त्रिपरिषद्मा पनि युवाको प्रतिनिधित्व छ। संसद्मा पनि ठूलो संख्यामा युवा आएका छन्। यस्तो अवस्थामा युवाका लागि सीप, प्रविधि र रोजगारीसँग सम्बन्धित अझ प्रभावकारी कार्यक्रम आउने अपेक्षा स्वाभाविक हो,’ उनले भने।\n\nतर उनले थपे कि युवाको नाममा छुट्टै कार्यक्रम मात्र नभई हरेक क्षेत्रको नीति र कार्यक्रममा युवालाई केन्द्रमा राख्नुपर्छ। ‘युवा भनेको एउटा छुट्टै क्षेत्र मात्र होइन, यो सबै विषयसँग जोडिने क्रस–कटिङ विषय हो। एआई, प्रविधि, नवप्रवर्तन, डिजिटल साक्षरता, उद्यमशीलता सबै क्षेत्रमा युवाको भूमिका हुन्छ,’ उनले भने।\n\nसरकारका नीति तथा कार्यक्रममा युवासँग सम्बन्धित विषय समेटिए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको उनको भनाइ छ। ‘हामीले अपेक्षा गरेको स्तर ठूलो थियो। नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ। युवा जनसंख्या हाम्रो अवसर हो, तर त्यसलाई उपयोग गर्न आवश्यक सीप र अवसर सिर्जना गर्न अझ धेरै काम गर्न बाँकी छ,’ उनले भने।\n\n**’एक युवा, एक सीप’ अवधारणा अघि बढाउनुपर्छ**\n\nवानियाँले नेपालले अब ‘एक युवा, एक सीप’ अवधारणालाई अघि बढाउनुपर्ने बताए। सीपयुक्त जनशक्ति उत्पादन गर्न सके नेपाली युवाले अन्तर्राष्ट्रिय श्रम बजारमा पनि राम्रो अवसर पाउन सक्ने उनको तर्क छ।\n\n’हामीसँग ठूलो युवा जनशक्ति छ तर धेरैजना आवश्यक सीपबिना वैदेशिक रोजगारीमा जान बाध्य छन्। राज्यले बजारको मागअनुसार सीप सिकाएर पठाउन सके उनीहरूको आम्दानी बढ्छ र जोखिम पनि कम हुन्छ,’ उनले भने।\n\nउनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विश्लेषण, सफ्टवेयर विकास, डिजिटल सेवा र फ्रिलान्सिङजस्ता क्षेत्रमा युवालाई सक्षम बनाउनुपर्ने सुझाव दिए। ‘अबको समय परम्परागत रोजगारीको मात्र होइन, प्रविधिमा आधारित कामको समय हो। एउटा कम्प्युटर र इन्टरनेटको माध्यमबाट नेपालमै बसेर विश्व बजारसँग जोडिन सकिने अवस्था आएको छ,’ उनले भने।\n\n**वैदेशिक रोजगारमा जानेलाई पनि सीप दिनुपर्छ**\n\nनेपालबाट ठूलो संख्यामा युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने गरेका छन्। तर पर्याप्त सीपबिना विदेश जाँदा न्यून पारिश्रमिक र जोखिमपूर्ण काम गर्न बाध्य हुने गरेको वानियाँले बताए।\n\n’खाडी मुलुकमा जाने धेरै युवा अझै पनि सामान्य श्रमिकका रूपमा जान्छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आवश्यक पर्ने सीप दिएर पठाउन सके उनीहरूको आम्दानी र जीवनस्तर दुवै सुधार हुन सक्छ,’ उनले भने। विदेश जान चाहने युवालाई पनि आधारभूत कम्प्युटर ज्ञान, भाषा, प्रविधि र व्यावसायिक सीप दिन आवश्यक रहेको उनको भनाइ छ।\n\nकोभिड–१९ पछि विश्व अर्थतन्त्र नयाँ ढङ्गले अघि बढेको उल्लेख गर्दै उनले भने, ‘पहिले बिहान कार्यालय जाने र निश्चित समयमा काम गर्ने प्रणाली थियो। अहिले प्रविधिले काम गर्ने शैली परिवर्तन गरिरहेको छ। अब संसारभरका कम्पनीका लागि नेपालबाटै काम गर्न सकिने अवस्था आएको छ।’ साथै सरकारले फ्रिलान्सिङ, डिजिटल काम र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने उनले बताए।\n\nनेपालमा अझै पनि अन्तर्राष्ट्रिय भुक्तानी, डेटा पहुँच र डिजिटल पूर्वाधारका समस्या रहेको उनको गुनासो छ। ‘हामीले केही सिक्न खोज्दा पनि अन्तर्राष्ट्रिय सेवा प्रयोग गर्न समस्या हुन्छ। सफ्टवेयर किन्न, अनलाइन तालिम लिन र विभिन्न डिजिटल सेवामा पहुँच पाउन कठिनाइ छ। यस्ता समस्या समाधान गर्न राज्यले सहज वातावरण बनाउनुपर्छ,’ उनले भने।\n\n**युवासम्बन्धी संस्था सक्रिय बनाउनुपर्छ**\n\nवानियाँले राष्ट्रिय युवा परिषद् र युवा स्वरोजगार कोषलगायतका सरकारी संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै तिनलाई पुनर्गठन गरेर अघि बढाउनुपर्नेमा जोड दिए। ‘पुराना संरचना काम लाग्दैनन् भनेर हटाउनेभन्दा पनि नयाँ सोच र नेतृत्वका साथ पुनर्गठन गरेर अघि बढाउनुपर्छ। संस्था खराब होइन, नेतृत्व र कार्यशैलीले परिणाम निर्धारण गर्छ,’ उनले भने।\n\n**सीपसँगै सचेतना पनि जरुरी**\n\nवानियाँले केवल नीति बनाएर मात्र नहुने बताउँदै युवालाई सचेत र शिक्षित बनाउनु पनि उत्तिकै जरुरी रहेको बताए। ‘हाम्रो जस्तो विकासशील देशमा एकैपटक कडा कारबाहीभन्दा पहिले शिक्षा र सचेतना आवश्यक हुन्छ। युवालाई नियम, अवसर र जिम्मेवारीबारे जानकारी गराउनुपर्छ,’ उनले भने।\n\nविश्व युवा दक्षता दिवसको अवसरमा उनले युवालाई आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गरे। ‘आज तपाईंको मोबाइल, ल्यापटप र इ
३६ वर्षीय प्रधानमन्त्रीले युवाको भावना बुझ्छन्, स्वदेशमै अवसर दिलाउँछन् भन्ने अपेक्षा छ : सरोज वानियाँ
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
