लगातार परेको वर्षाका कारण बाढी, पहिरो र ढुंगा खस्ने जस्ता प्राकृतिक जोखिमले अवरुद्ध भएका काठमाडौं उपत्यकाबाट बाहिरिने केही सडक खण्डमा पुनः सवारी आवागमन सुचारु भएको छ।
फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्ड तथा नागढुंगा हुँदै उपत्यकाबाट बाहिर जाने मार्गमा सवारी सञ्चालन शुरु भएपछि यात्रु र सवारीसाधनलाई सहज भएको छ। सडक खुलेसँगै नाका क्षेत्रमा देखिएको सवारी चाप पनि केही हदसम्म घटेको छ।
(तस्बिरः सक्षम घिमिरे/नेपाल न्यूज बैंक)
