समाचार

गणेश नेपालीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन, स्वतन्त्र चालक फाउन्डेसनद्वारा श्रद्धाञ्जली

By अर्जुन भट्टराई

गणेश नेपालीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन, स्वतन्त्र चालक फाउन्डेसनद्वारा श्रद्धाञ्जली

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेपछि उपचारकै क्रममा निधन भएका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वतन्त्र चालक फाउन्डेसनले माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

सोमबार साँझ फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरूले माइतीघर मण्डलामा भेला भई दीप प्रज्वलन गरे। यस अवसरमा उनीहरूले ट्राफिकसम्बन्धी सचेतनामूलक सन्देश पनि प्रवाह गरे।

शुक्रबार निधन भएका गणेशका परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले सोमबार शव बुझे र पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न गरियो।

उल्लेखनीय छ, असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्वील लक लगाएका थिए। सोही घटनापछि उनले आत्मदाहको प्रयास गरेका थिए र वीर अस्पतालमा उपचाररत रहँदा शुक्रबार उनको मृत्यु भएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.