काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एफसीए भोजन अर्याललाई आफ्नो राजस्व सल्लाहकारमा नियुक्त गरेका छन् । सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले अर्याललाई नियुक्तिपत्र प्रदान गरे। यस अवसरमा अर्थमन्त्रीले सरकारको १६ खर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक उपयोग गरिने अपेक्षा राखे।
नवनियुक्त सल्लाहकार अर्यालले आफ्नो दक्षता र अनुभवका आधारमा सरकार तथा अर्थमन्त्रीको विश्वासलाई नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे।
स्याङ्जा स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन्। उनको यो नियुक्ति अवैतनिक रहेको मन्त्रालयले जनाएको छ।
