काठमाडौंको बलम्बुमा निर्माण भइरहेको नेपालकै पहिलो फ्लाइओभर अब उद्घाटनको पर्खाइमा छ। कलङ्की–नागढुङ्गा सडक खण्डअन्तर्गत बनाइएको यो फ्लाइओभर निर्माणको अन्तिम चरणमा पुगिसकेको छ।
यो फ्लाइओभर नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्ने उद्देश्यले बनाइएको हो। १२८ मिटर लामो पुलसहितको यस फ्लाइओभरको मुख्य संरचनाको काम पूरा भइसकेको छ।
