समाचार

शुक्लाफाँटा जंगलमा बाघको आक्रमण, महिला घाइते

By अर्जुन भट्टराई

शुक्लाफाँटा जंगलमा बाघको आक्रमण, महिला घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–५, झिलमिलाकी स्थानीय बासिन्दा धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्। आइतबार बेलुकातिर उनी शुक्लाफाँटा जंगलमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

घाइते उपाध्यायलाई हाल धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार गरिइरहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.