अर्थ

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा बिकेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला एक सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँ थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.