काठमाडौं । काठमाडौंको काँडाघारीस्थित पुरानो फोर्स पार्क नजिकैबाट चिया खान भन्दै घर छाडेका एक व्यक्ति सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन व्यक्तिको नाम रामबहादुर बलायर हो। उनको उमेर करिब ५० देखि ५५ वर्षको बीचमा छ। उनको घर डोटी जिल्लाको सलेना गाउँपालिका वडा नम्बर ६ हो।
उनी यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए। धेरै समय बित्दा पनि घर नफर्केपछि परिवारले खोजी शुरु गरे। खोजी गर्दागर्दै पनि उनको कुनै अत्तोपत्तो नलागेपछि परिवारले नजिकको प्रहरी चौकीमा पनि खबर गरेका छन्। तर हालसम्म उनको कुनै जानकारी प्राप्त भएको छैन।
उनले हराउँदाका बेला कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर र कालो जुत्ता लगाएका थिए।
कसैले उनलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा परिवारलाई ९७०७६३१२४६ र ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले हार्दिक अनुरोध गरेका छन्।
