काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बजारमा आज कुन तरकारी कति मूल्यमा पाइन्छ, तल हेर्नुस् ।
**तरकारीको मूल्य (प्रतिकिलो)**
गोलभेँडा ठूलो (नेपाली) – ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) – ८ रुपैयाँ, आलु रातो (लाम्चो) – ४५ रुपैयाँ, आलु रातो (भारतीय) – २८ रुपैयाँ, प्याज सुकेको (भारतीय) – ५३ रुपैयाँ, गाँजर (लोकल) – ९० रुपैयाँ, बन्दा (लोकल) – ९० रुपैयाँ, काउली (स्थानीय) – ८० रुपैयाँ, मूला रातो – ३० रुपैयाँ, भन्टा लाम्चो – १५ रुपैयाँ र भन्टा डल्लो – ३० रुपैयाँ रहेको छ ।
मटरकोशा – १२० रुपैयाँ, घिउ सिमी (लोकल) – ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) – ५० रुपैयाँ, घिउ सिमी (राजमा) – ८० रुपैयाँ, तीते करेला – २० रुपैयाँ, लौका – २५ रुपैयाँ, परवर (लोकल) – ३० रुपैयाँ, घिरौला – ३० रुपैयाँ, फर्सी पाकेको – ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) – ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) – १५ रुपैयाँ, भिण्डी – ३० रुपैयाँ, सखरखण्ड – १०० रुपैयाँ, पिंडालु – ९० रुपैयाँ र स्कुस – ४० रुपैयाँ तोकिएको छ ।
रायोसाग – ३० रुपैयाँ, पालुङ्गो – ५० रुपैयाँ, चमसुरको साग – ५० रुपैयाँ, च्याउ (कन्य) – २२० रुपैयाँ, च्याउ (डल्ले) – ३६० रुपैयाँ, राजा च्याउ – २८० रुपैयाँ, सिताके च्याउ – ८०० रुपैयाँ, कुरीलो – २५० रुपैयाँ र न्युरो – ९० रुपैयाँ निर्धारण गरिएको छ ।
**फलफूलको मूल्य (प्रतिकिलो)**
स्याउ (फूजी) – २८० रुपैयाँ, केरा नेपाली – २०० रुपैयाँ, केरा मालभोग – १८० रुपैयाँ प्रतिदर्जन, कागती – १४० रुपैयाँ, अनार – ४५० रुपैयाँ, आँप (मालदह) – १४० रुपैयाँ, आँप (दसहरी) – १५० रुपैयाँ, भुइँकटहर – १८० रुपैयाँ प्रतिगोटा, काँक्रो (लोकल) – ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) – २० रुपैयाँ, रुखकटहर – ४० रुपैयाँ, मेवा (नेपाली) – ८० रुपैयाँ, मेवा (भारतीय) – १०० रुपैयाँ, लीच्ची (लोकल) – २५० रुपैयाँ र लीच्ची (भारतीय) – ३०० रुपैयाँ तोकिएको छ ।
उल्लेखित मूल्य न्यूनतम थोक मूल्य हो । खुद्रा बजारमा यसभन्दा केही बढी मूल्यमा सामान पाइन्छ ।
