अर्थ

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी भने सस्तियो

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

अर्कोतर्फ, चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको छ, जुन शुक्रबारको तुलनामा ३५ रुपैयाँले कम हो। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.