समाचार

‘मलाई बोल्न दे सरकार’ — माइतीघरमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन

By अर्जुन भट्टराई

‘मलाई बोल्न दे सरकार’ — माइतीघरमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन

काठमाडौं । अखिल नेपाल युवक संघ काठमाडौंले आइतबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्यो। सरकारका जनविरोधी नीति तथा सुकुम्बासीमाथि भइरहेको अमानवीय व्यवहारको विरुद्धमा यो प्रदर्शन आयोजना गरिएको थियो।

प्रदर्शनमा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’, ‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’ र ‘बालेन–सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आफ्नो आक्रोश व्यक्त गरे।

संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथिको दमन तत्काल रोक्न र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.