समाचार

योगिनी एकादशीमा बुढानीलकण्ठको नारायणथान मन्दिरमा भक्तजनको ठूलो भीड

By अर्जुन भट्टराई •

योगिनी एकादशीमा बुढानीलकण्ठको नारायणथान मन्दिरमा भक्तजनको ठूलो भीड

काठमाडौंको बुढानीलकण्ठमा रहेको नारायणथान मन्दिरमा शनिबार बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। योगिनी एकादशी व्रतको अवसर पारेर भगवान् विष्णुको दर्शन र पूजा–आराधना गर्न सयौं श्रद्धालु बिहान सबेरैदेखि मन्दिर परिसरमा लामो लाइनमा उभिएका छन्। व्रत बसेका भक्तजनहरू धार्मिक विधिअनुसार पूजा गर्दै दर्शन र प्रसाद ग्रहण गर्न उत्साहका साथ मन्दिर पुगेका हुन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.