अर्थ

शिव शिखर सहकारीका थप ९६ पीडितले पाए बचत फिर्ता, अहिलेसम्म १२१३ जनाले पाए रकम

By अर्जुन भट्टराई

शिव शिखर सहकारीका थप ९६ पीडितले पाए बचत फिर्ता, अहिलेसम्म १२१३ जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप ९६ जना साना बचतकर्तालाई उनीहरूको बचत रकम फिर्ता गरेको छ। यससँगै हालसम्म यस सहकारीका कुल १२१३ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकता दिइएको छ। त्यसपछि क्रमशः बचत रकमको आधारमा वर्गीकरण गर्दै बाँकी बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिले जनाएको छ।

सरकारले यो रकम समस्याग्रस्त सहकारी संस्थाहरूबाट असुल गरिएको ऋण तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। यो प्रक्रिया प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.