काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
तरकारीतर्फ हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ८ रुपैयाँ, आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो रहेको छ।
यसैगरी, गाँजर (लोकल) ९० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, काउली (स्थानीय) ३५ रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ र भन्टा डल्लो २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका २५ रुपैयाँ, परवर (लोकल) ३० रुपैयाँ र घिरौला ३० रुपैयाँ प्रतिकिलो छ।
फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, भिण्डी २५ रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
सागपातमा रायोसाग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ प्रतिकिलो छ। च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो रहेको छ। कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फलफूलतर्फ स्याउ (फूजी) २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ प्रतिकिलो र केरा मालभोग प्रतिदर्जन १८० रुपैयाँ रहेको छ। कागती १४० रुपैयाँ, अनार ४५० रुपैयाँ, आँप मालदह १५० रुपैयाँ, आँप दसहरी १५० रुपैयाँ प्रतिकिलो छ। भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लीच्ची (लोकल) २५० रुपैयाँ र लीच्ची (भारतीय) ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
