काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले शनिबार बिहान आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका छन्।
४५ वर्षीय अश्विन राउतले आफ्नो छोरासँग विवाद भएपछि भान्साकोठामा गएर आफूलाई आगो लगाएका हुन्। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको छ, जहाँ हाल उनको उपचार जारी छ। अस्पतालका अनुसार राउतको शरीरको ५५ प्रतिशत भाग जलेको छ।
काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराइले घटनाको पुष्टि गर्दै भने, ‘आत्मदाहको प्रयास गरेका अश्विन राउतलाई उद्धार गरेर वीर अस्पतालमा पुर्याएका थियौं। उनको हाल उपचार जारी छ।’
