काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनहरूमा यो बिस्तारै नेपालतर्फ नजिकिँदै जाने सम्भावना रहेको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
**आजको दिउँसो**
देशभर अधिकांश ठाउँमा बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ। विशेष गरी पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
**आज राति**
देशभर अधिकांश ठाउँमा बादल छाइरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान, यिनै तीन प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र मधेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
