काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिए ।
शपथ लिनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मान सिं प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्र रहेका छन् ।
नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अन्तर्गत गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा यी सबैलाई आ–आफ्नो प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको हो ।
