समाचार

राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको निधन

By अर्जुन भट्टराई

राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको निधन

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु भएको छ।

बिहीबार राहदानी विभागको अगाडि आत्मदाह गरेका गणेश नेपाली गम्भीर रूपमा घाइते भएपछि उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। तर शुक्रबार बिहान उनको निधन भयो।

यस घटनाको खबर फैलिएसँगै त्रिपुरेश्वर क्षेत्र शोक र स्तब्धतामा डुबेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.