काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सयले घटेको छ। बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज यो घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य पनि घटेको छ। बुधबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ।
