समाचार

पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोल

By अर्जुन भट्टराई

पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल त्रिशूल जात्रामा सहभागी भइन् । जात्रा अवलोकन गरेपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन् कि काठमाडौं उपत्यकामा मनाइने प्रत्येक जात्राको आफ्नै मौलिक महत्व, सांस्कृतिक विशेषता र ऐतिहासिक किवदन्ती छ।

उनले पशुपति क्षेत्रमा मनाइने विभिन्न जात्रामध्ये त्रिशूल जात्रा पनि परापूर्वकालदेखि निरन्तर चलिआएको एक महत्वपूर्ण सांस्कृतिक परम्परा भएको बताइन्।

डङ्गोलले भनिन्, ‘हाम्रो ठाउँमा यति धेरै जात्रा हुन्छन्। त्यसमध्ये पशुपति क्षेत्रका थुप्रै खालका जात्रा छन्, जुन आफ्नै मौलिक महत्व र छुट्टै किवदन्ती बोकेका छन्। आजको त्रिशूल जात्रा पनि त्यसमध्येकै एक हो। सानोमा हुँदा यहाँको जात्रा हेर्न पाएका थिएनौँ, तर आज प्रत्यक्ष हेर्दा यो कति परापूर्वकालदेखि आइरहेको जात्रा रहेछ भन्ने थाहा भयो।’

आफू बाल्यकालमा यो जात्रा प्रत्यक्ष हेर्न नपाएको सम्झना गर्दै उनले अहिले यो अवसर पाएकोमा खुशी व्यक्त गरिन्। साथै, यस्ता परम्परागत जात्राको संरक्षण, प्रवर्द्धन र पुस्तौँपुस्तासम्म हस्तान्तरण गर्नु आवश्यक रहेको धारणा पनि उनले राखिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.