समाचार

वीरगञ्जको नारायणी अस्पतालमा वर्षौंदेखि थन्किएको क्याथ ल्याब मेसिन जडानको अन्तिम चरणमा

By अर्जुन भट्टराई

वीरगञ्जको नारायणी अस्पतालमा वर्षौंदेखि थन्किएको क्याथ ल्याब मेसिन जडानको अन्तिम चरणमा

वीरगञ्जस्थित नारायणी अस्पतालमा २०७६ चैतमा खरिद गरिएको तर वर्षौंसम्म जडान हुन नसकेको क्याथ ल्याब मेसिन अब जडानको अन्तिम चरणमा पुगेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यो जानकारी सार्वजनिक गर्दै उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालनमा ल्याइने बताएको छ।

मन्त्रालयका अनुसार यो सेवा सुरु भएपछि मधेस प्रदेश तथा वरपरका जिल्लाका बिरामीले आफ्नै प्रदेशमा सहजै क्याथ ल्याब सेवा पाउन सक्नेछन्, जसले उनीहरूलाई काठमाडौं वा अन्यत्र धाउनुपर्ने झन्झटबाट राहत दिनेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.