जुम्लाको सिंजा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएराति परेको अविरल वर्षाले किसानहरूले लगाएका अन्न, धान, कोदो र सिमीलगायतका कृषिबालीमा ठूलो क्षति पुर्याएको छ।
वर्षाका कारण स्थानीय बासिन्दाका भौतिक संरचनाहरू पनि क्षतिग्रस्त भएका छन्। क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन्।
