अर्थ

सुन र चाँदीको मूल्यमा गिरावट, जानुस् आजको भाउ

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको भाउ प्रति तोला २ लाख ८८ हजार रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि प्रति तोला ५५ रुपैयाँको गिरावट आएको छ। आज चाँदी ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार ४ हजार ५ सय ५५ रुपैयाँमा थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.