समाचार

राष्ट्रियसभा बैठक आज अपराह्न १२:१५ बजे बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

By अर्जुन भट्टराई

राष्ट्रियसभा बैठक आज अपराह्न १२:१५ बजे बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज मंगलबार अपराह्न १२:१५ बजे बस्ने भएको छ। बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका विषयमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।

जवाफ दिने मन्त्रालयहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय रहेका छन्। यसका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयले पनि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।

बैठकमा अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ राख्ने कार्यसूची पनि छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त अन्य विधेयकहरूमाथि पनि विचार गर्न प्रस्ताव राख्नेछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.