समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

By अर्जुन भट्टराई

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई उक्त पदमा नियुक्त गरेका हुन्। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नवनियुक्त उपाध्यक्ष खत्रीलाई नियुक्तिपत्र प्रदान गरे।

उल्लेखनीय छ कि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायत पदाधिकारीहरू पदमुक्त भएका थिए। त्यसपछि उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो। अब डा. खत्रीको नियुक्तिसँगै उक्त पद पूर्ण भएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.