अर्थ

काठमाडौं: आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

By अर्जुन भट्टराई

काठमाडौं: आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

**तरकारीको मूल्य**

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ, आलु रातो (लाम्चो) ३८ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

गाँजर (लोकल) ९० रुपैयाँ, बन्दा (लोकल) ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, मूला रातो २५ रुपैयाँ, भन्टा लाम्चो १० रुपैयाँ र भन्टा डल्लो २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

मटरकोशा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (लोकल) ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका २० रुपैयाँ, परवर (लोकल) २५ रुपैयाँ र घिरौला २० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

रायोसाग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउको हकमा कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। यसैगरी कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

**फलफूलको मूल्य**

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ प्रतिकिलो, केरा (मालभोग) १८० रुपैयाँ प्रतिदर्जन, कागती १४० रुपैयाँ, अनार ४२० रुपैयाँ, आँप (मालदह) १४० रुपैयाँ र आँप (दसहरी) ११५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लीच्ची (लोकल) २०० रुपैयाँ र लीच्ची (भारतीय) ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.