अर्थ

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

By अर्जुन भट्टराई

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

तरकारीतर्फ गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ, आलु रातो (लाम्चो) ३८ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

गाँजर (लोकल) ९० रुपैयाँ, बन्दा (लोकल) ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, मूला रातो २५ रुपैयाँ, भन्टा लाम्चो १० रुपैयाँ र भन्टा डल्लो २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

मटरकोशा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (लोकल तथा हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला र लौका प्रत्येक २० रुपैयाँ, परवर (लोकल) २५ रुपैयाँ र घिरौला २० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

सागपातमा रायोसाग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ प्रतिकिलो रहेको छ । च्याउतर्फ कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो छ । कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

फलफूलतर्फ स्याउ (फूजी) २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ प्रतिकिलो र केरा (मालभोग) दर्जन १८० रुपैयाँ तोकिएको छ । कागती १४० रुपैयाँ, अनार ४२० रुपैयाँ, आँप (मालदह) १४० रुपैयाँ, आँप (दसहरी) ११५ रुपैयाँ प्रतिकिलो रहेको छ । भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लीच्ची (लोकल) २०० रुपैयाँ र लीच्ची (भारतीय) ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.