काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य नौं सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा बिकेको थियो।
सुनमात्र होइन, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबार ४ हजार ६ सय ५ रुपैयाँ थियो।
