समाचार

धनकुटामा १७५ किलो गाँजासहित १७ वर्षीय किशोर पक्राउ

By अर्जुन भट्टराई

धनकुटामा १७५ किलो गाँजासहित १७ वर्षीय किशोर पक्राउ

काठमाडौं। धनकुटाको महालक्ष्मी नगरपालिका-४ मा बस्ने १७ वर्षीय एक किशोरलाई प्रहरीले करिब १७५ किलो ५७० ग्राम गाँजासहित शनिबार राति पक्राउ गरेको छ।

प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टर जाँच गर्दा २२ वटा बोरामा लुकाई राखिएको उक्त परिमाणको गाँजा फेला पारेको हो। ट्याक्टरमा सवार ती किशोरलाई महालक्ष्मी नगरपालिका-६ माङमायाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.