विश्वकप फुटबलको उत्साह अब हिमालपारीसम्म पनि पुगेको छ। मुस्ताङ जिल्लाको जोमसोम खेल मैदानमा स्थानीय युवाहरू फुटबल खेल्दै विश्वकपको रोमाञ्चलाई आआफ्नै शैलीमा मनाइरहेका छन्। विश्वभर चलिरहेको फुटबल महाकुम्भको माहोलले सुदूर हिमाली क्षेत्र जोमसोमका युवाहरूलाई पनि मैदानतर्फ तानेको छ।
(तस्बिर : नेपाल न्यूज बैंक)
