समाचार

आजको मौसम: गण्डकी, कर्णाली र सुदुरपश्चिमसहित लुम्बिनीमा भारी वर्षाको चेतावनी

By अर्जुन भट्टराई

आजको मौसम: गण्डकी, कर्णाली र सुदुरपश्चिमसहित लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौं। यतिबेला देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा रहेको छ।

हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बादल छाएको छ। सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा भइरहेको छ।

**आज दिउँसो**

देशका हिमाली र पहाडी भूभागमा साधारण बादल लाग्ने र तराईमा आंशिक बादल रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा र हिमपातको सम्भावना छ।

सुदुरपश्चिम प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै र तराईका एक-दुई स्थानमा पनि यस्तै वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्छ।

विशेष गरी गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको र लुम्बिनी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

**आज राति**

कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल र बाँकी प्रदेशमा आंशिक बादल रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा र हिमपातको सम्भावना छ।

सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा र हिमपात हुन सक्छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ। रातिको समयमा सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.