समाचार

लागूऔषध सहित सात जना पक्राउ, दुई ठाउँमा प्रहरीको कारबाही

By अर्जुन भट्टराई

लागूऔषध सहित सात जना पक्राउ, दुई ठाउँमा प्रहरीको कारबाही

काठमाडौं । शुक्रबार देशका दुई फरक स्थानमा प्रहरीले गरेको कारबाहीमा लागूऔषध सहित जम्मा सात जना पक्राउ परेका छन्।

ललितपुरको गोदावरी नगरपालिका-१४ ठैबबाट शुक्रबार बिहान प्रहरी प्रभाग बाँडेगाउँका प्रहरीले नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय विक्रन्त शाही, २२ वर्षीय बुद्ध गुरूङ, २० वर्षीय बज्रदेव महर्जन, ३० वर्षीय सुजन महर्जन र दाङ घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय नबिन बुढाथोकी रहेका छन्।

त्यसैगरी, शुक्रबार दिउँसो वीरगंज महानगरपालिका-१६ मा प्रहरी चौकी इनर्वाका प्रहरीले ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३० मिलिग्राम सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू वीरगंज महानगरपालिका-१ बस्ने २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुमार कुशहवा हुन्। भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ९१६० नम्बरको मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.