मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको पर्यटकीय सहर जोमसोम साँझ पर्दै जाँदा अझ बढी आकर्षक र मनमोहक बन्छ। अन्नपूर्ण पदमार्गको ट्रेकिङ र मुक्तिनाथको दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरू रात बिताउन जोमसोम आइपुग्ने भएकाले साँझको बेला यहाँको बजारमा विशेष चहलपहल र रौनक देख्न पाइन्छ।
(तस्बिर: नेपाल न्यूज बैंक)
