काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट शुक्रबार सम्पन्न भएको छ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रमका माध्यमबाट यो बाँडफाँट गरेको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि असार ३ गतेदेखि ८ गतेसम्म आईपीओ आवेदन खुला राखेको थियो। सो अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका थिए।
बाँडफाँटको नतिजाअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ता सेयर प्राप्त गरेका छन्। आफ्नो नतिजा जान्न इच्छुकले सीडीएससीको मेरोसेयर तथा आईपीओ नतिजा प्रणालीमार्फत हेर्न सक्नेछन्।
