काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
तरकारीको मूल्य हेर्दा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ, आलु रातो (लाम्चो) ३८ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो रहेको छ ।
यसैगरी, गाँजर (लोकल) ९० रुपैयाँ, बन्दा (लोकल) ६० रुपैयाँ, काउली स्थानीय ५० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो १० रुपैयाँ र भन्टा डल्लो २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका ३० रुपैयाँ, परवर (लोकल) २० रुपैयाँ र घिरौला २० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
सागसब्जीतर्फ रायोसाग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ प्रतिकिलो रहेको छ । च्याउमा कन्य च्याउ २३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो तोकिएको छ । यस्तै कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
फलफूलको मूल्यअन्तर्गत स्याउ (फूजी) २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ प्रतिकिलो रहेको छ । केरा (मालभोग) दर्जन १८० रुपैयाँ, आँप (मालदह) ९० रुपैयाँ, आँप (दसहरी) ११० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लीच्ची (लोकल) २०० रुपैयाँ र लीच्ची (भारतीय) ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
