अर्थ

सुनको मूल्यमा ठूलो उछाल, एकैदिन ६ हजार २ सय रुपैयाँले महँगियो

By अर्जुन भट्टराई

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिनमा ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। बिहीबार यही सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनमात्र होइन, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबार ४ हजार २ सय ७० रुपैयाँ थियो। अर्थात् चाँदीमा पनि एकैदिनमा १ सय ८० रुपैयाँको वृद्धि भएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.