अर्थ

आजको विदेशी मुद्रा विनिमय दर : डलर, युरो, पाउण्डसहित प्रमुख मुद्राको दर यस्तो

By अर्जुन भट्टराई

आजको विदेशी मुद्रा विनिमय दर : डलर, युरो, पाउण्डसहित प्रमुख मुद्राको दर यस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८१ पैसा र बिक्री दर १७४ रुपैयाँ ५० पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिद दर २०३ रुपैयाँ २६ पैसा र बिक्री दर २०४ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ १६ पैसा र बिक्री दर १०५ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ३१ पैसा र बिक्री दर १०७ रुपैयाँ ७३ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ७४ पैसा र बिक्री दर ११८ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४५ पैसा र बिक्री दर नौ रुपैयाँ ४९ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४४ पैसा र बिक्री दर २२ रुपैयाँ ५३ पैसा कायम छ ।

साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ५७ पैसा र बिक्री दर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ७९ पैसा र बिक्री दर ४१ रुपैयाँ ९६ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ४८ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ३४ पैसा र बिक्री दर ३७ रुपैयाँ ४९ पैसा र साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८४ पैसा र बिक्री दर नौ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.